‘वास्तविक क्षेत्रलाई शेयर बजारमा बुक बिल्डिङ प्रक्रियामार्फत प्रवेश गराइने’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले वास्तविक क्षेत्रलाई शेयर बजारमा बुक बिल्डिङ प्रक्रियामार्फत प्रवेश गराउने बताउनुभएको छ ।

file photo

बिजमाण्डू प्रालिले काठमाडौँमा आयोजना गरेको ‘बुक बिल्डिङ: वास्तविक क्षेत्रलाई पुँजी बजारमा भित्र्याउने औजार’ विषयक छलफलमा अध्यक्ष हमालले बुक बिल्डिङ प्रक्रियालाई कार्यान्वयनमा लैजान धितोपत्र बोर्ड यथाशीघ्र अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले तत्कालै बुक बिल्डिङ प्रक्रिया अनुसार रियल सेक्टर पुँजी बजारमा भित्र्याउन तयार रहेको बताउनुभयो । उहाँले तत्काल बुक बिल्डिङलाई सुरु गर्न विद्युतीय प्रणालीमा जाने अवस्था नभए पनि सिलबन्दी, बोलकबोल प्रणालीबाट शुरु गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालको सेयर बजारमा अझै बैङ्क, वित्तीय संस्थाको प्रभुत्व रहेकोले वास्तविक क्षेत्रको सहभागितालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उचित मूल्य नपाउँदा पुँजी बजारमा सूचिकृत हुनबाट वञ्चित भएका वास्तविक क्षेत्रका कम्पनीलाई बुक बिल्डिङ मार्फत निकास दिनुपर्ने बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/18403

Previous article‘सुक्खा बन्दरगाहलाई आयात होइन निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्छ’
Next articleफेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।