स्थानीय तह निर्वाचन प्रचारप्रसार गर्ने सम्बन्धी सम्झौता

काठमाडौँ  । निर्वाचन आयोग र रेडियो नेपाल बिच स्थानीय तह निर्वाचन सम्बन्धी सामग्री प्रचारप्रसार गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार रेडियो नेपालले मतदाता शिक्षा सम्बन्धी सामाग्री, निर्वाचन सम्बन्धी सूचना र सन्देश, कार्यक्रम, गीति सन्देश लगायतका सामग्री प्रसारण गर्ने छ। 

त्यसैगरी निर्वाचन सम्बन्धी समाचार र गतिविधिलाई उच्च प्राथमिकताका साथ प्रचारप्रसार गर्ने,केन्द्रिय र प्रादेशिक प्रसारण तथा रेडियो नेपालबाट प्रसारण हुने २१ वटै भाषामा मतदाता शिक्षा तथा सूचना र गतिविधिलाई प्राथमिकता मा राखेर प्रचारप्रसार गरिने छ।

सम्झौता पत्रमा निर्वाचन आयोगका सह सचिव तुलसी बहादुर श्रेष्ठ र रेडियो नेपालका निर्देशक खगेन्द्र खत्रीले आज हस्ताक्षर गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/18470

Previous articleबजेटमा सहकारीलाई प्राथमिकता दिइनेछ : अर्थमन्त्री शर्मा
Next articleगठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ : अध्यक्ष दाहाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।