गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त – प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवर्दन गरी दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा उहाँले सो कुरा बताउनु भएको हो ।उहाले प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।

गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक सामाजिक रूपान्तरण सम्भव रहेको बताउनुभयो ।

प्रतिष्ठानलाई आवश्यक पर्ने सहयोग निरन्तररूपमा उपलब्ध गराउन सरकार सकारात्मक रहेको पनि उहाँले बताउनु भयो ।

पूर्वाधारहरूको विकास गरी अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन प्रधान मन्त्री देउवाले सुझाव दिनुभयो ।

विसं २०१३ सालमा स्थानीय तहमा सोल्जर बोर्ड अस्पतालका रूपमा स्थापना भएको उक्त अस्पताल हाल ५०० शय्यामा स्तरोन्नति भएको छ ।।

https://ujyaalonepalnews.com/archives/18481

Previous articleविपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उल्लेखनीय फड्को
Next articleपोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।