विश्व स्वास्थ्य दिवस : हरित वातावरण सिर्जना गर्न सरकारको आग्रह

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकोले हरित वातावरणको सिर्जना र प्रवर्दन गर्न आग्रह गरेको छ।

मन्त्रालयले विश्वस्वास्थ्य दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै वायु प्रदूषण, जलप्रकोप असुरक्षित पानीको प्रयोगको कारण मृत्यु र रोग बढिरहेको उल्लेख गरेको छ।

नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइदै छ ।

नेपालमा वर्षेनी वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजार १०० को अकालमै मृत्यु हुने गरेको मन्त्रालयले उल्लेख गरेको छ।

विश्वस्वास्थ्य सङ्गठनको अनुसार प्रत्येक वर्ष संसारभर १३ लाखभन्दा बढी मानिसको मृत्यु वातावरणीय कारणले हुने गरेको छ । प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावमा झाडापखाला जस्ता रोगबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको छ ।।

https://ujyaalonepalnews.com/archives/18484

Previous articleचैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन
Next articleनवरात्रका बेला शक्तिपीठमा भीड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।