निराजन घिमिरे, चैत्र २४, चितवन- चितवनको रत्ननगर-१६ पिठुवामा रहेको सातकन्या सामुदायिक बनको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । विहिबार रत्ननगर १६ हात्तीगाड़ेमा रहेको सामुदायिक वनको कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो । वन उपभोक्ता समुहका अध्यक्ष रामहरी पनेरुको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा नं. १६ का वडाध्यक्ष हेमराज थापा र विशिष्ट अतिथि सब वन डिभिजन कार्यालय खैराहनीका कार्यालय प्रमुख ओमसागर भण्डारी उपस्थित थिए।


त्यस्तै कार्यक्रममा अतिथिको रुपमा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य रिता वि.क, वडासदस्यहरु विष्णु प्रसाद रिमाल, पवित्रा गुरुङ र नेत्र बहादुर रायमाझी, एकिकृत कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद अर्याल, भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष युवराज थापा, मुनाल सामुदायिक स्वास्थ्य शिक्षा संस्थाका अध्यक्ष लक्ष्य बहादुर गुरुङ, वनका पुर्व अध्यक्षहरु दिलबहादुर थापा, तारा बहादुर नेपाल, पुर्षोत्तम लामिछाने लगायत उपस्थित थिए ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै प्रमुख अतिथि हेमराज थापाले सामुदायिक वनको संरक्षण र उपभोग पनि उपभोक्ता आफैले गर्नुपर्ने भएकोले वनको माया गर्न सबैलाई आग्रह गरे। त्यस्तै एकिकृत कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद अर्यालले आफ्नो मन्तव्य राख्दै सामुदायिक वनको काखमा काठमिल र फर्निचर संचालनको कारणले तस्करी मौलाएको बताए। रातारात वनबाट काठ ल्याएर फर्निचरहरु संगको मिलेमतोमा तस्करी गर्ने गरिएको उनको भनाई छ।

कार्यक्रममा संस्थाका लेखा समिति संयोजक देवबहादुर रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष रामहरी पनेरुले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रममा सामुदायिक वनको खाली भू-भागमा वृक्षारोपण गर्ने तथा पर्यटन प्रवर्दनको लागी पार्क निर्माण गर्ने, साबिक पिठुवा १ अन्तर्गत खनिएका बोरिंगहरुलाई अनुदान उपलब्ध गराउने, वनभोज स्थल निर्माण गर्ने लगायतका कार्यक्रमहरु समेटिएका छन् ।

कार्यक्रममा सल्लाहकार समिति सदस्य मिना घलान, वनका पुर्व अध्यक्ष दिलबहादुर थापा लगायतले मन्तव्य राखेका थिए भने संस्थाकी उपाध्यक्ष मना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । कार्यक्रम संस्थाका कोषाध्यक्ष वुद्धिमान गुरुंगले संचालन गरेका थिए । २०५३ सालदेखि वन संरक्षण गरि २०६१ सालमा समुहमा हस्तानान्तरण भएको वनमा हाल ५१७ घरधुरी उपभोक्ता छन् ।


https://ujyaalonepalnews.com/archives/18509


