पिठुवामा बहुउद्देश्यीय कभर्डहल बन्दै, मेयर नारायण वनले गरे शिलान्यास

निराजन घिमिरे, चैत्र २४, रत्ननगर- चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ मा बहुउद्देश्यीय कभर्डहल निर्माण हुने भएको छ । रत्ननगर नगरपालिकाको अगुवाईमा विभिन्न सरकारी निकायको २ करोडको लगानीमा पिठुवाको दोबाटो चोक नजिक कयरखोला छेउमा कभर्डहाल निर्माण हुनेभएको हो । कभर्डहल निर्माणको लागी वडा कार्यालयले संरक्षण गरि राखेको सार्वजनिक जग्गा प्रयोग गरिने भएको छ ।

नगरपालिकाले चालुआर्थिक वर्षमा कभर्डहल निर्माणको लागी साढे छ लाख पैसा छुट्याएको छ । निर्माण गर्न लागिएकोे कभर्डहलको आज एक कार्यक्रम बीच शिलान्यास गरिएको छ । रत्ननगरका मेयर नारायण वनले कभर्डहलको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै मेयर वनले खेल क्षेत्रको विकास गर्न सके देशविदेशमा देशको नाम राख्न सकिने बताए । क्रिकेट खेलाडी सन्दिप लामिछानेको प्रसङ्ग कोट्याउँदै मेयर वनले खेलकुदकै कारण सन्दीपले नाम र दाम कमाएको बताए ।

रत्ननगर १६ वडा कार्यालयले उपलब्ध गराएको जमिनमा तिन कोर्ट र स्टेज सहितको २६ मिटर लम्बाई र १७ मिटर चौडाईको कभर्डहल निर्माण हुने वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । नक्सांकनअनुसार तिन कोर्ट, चेन्जिङ रुम, शौचालय र कार्यालयसहितको पूर्वाधार बन्नेछ । आजै मात्रै रत्ननगर १६ कै खैरेटी टोल नजिक कयर खोला किनारमा खेल मैदानको काम पनि सुरु गरिएको छ ।

भुत्याहा नजिकै गौशाला निर्माण गरिएको स्थानमा खेल मैदान बनाउन लागिएको हो । गौशाला बनाउन प्रयोग गरिएको झन्डै तिन बिगाहा जमिनमा खेलमैदान बन्नेछ ।

https://ujyaalonepalnews.com/archives/18530

Previous articleनागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत
Next article‘समष्टिगत अर्थतन्त्रको अवस्था भयावह छैन’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।