चितवनको खैरहनीमा बाघले मान्छेलाई आक्रमण गर्यो

चितवन । खैरहनी न.पा.१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरि मान्छे लगेको छ । आज (शनिवार) बिहान ०९ः०५ बजेको समयमा खैरहनी न.पा. वडा नंः १२ जनकपुरमा बस्ने ६५ वर्षका राम प्रसाद धमलालाई घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरि जंगल तर्फ लगेको प्रहरीले जनाएको छ ।

अहिले धमलालाई बाघले लगेको भनेको स्थान तर्फ नेपाली सेनाको जनकपुर पोष्ट कुमरोजबाट जम्दारको कमाण्डमा र ईप्रका खैरहनीबाट प्रहरी निरिक्षकको कमाण्डमा खटेको टोलीले खोजि गरि रहेको र हाल सम्म पनि उनि फेला नपरेको प्रहरीले जनाएको छ ।

अपडेट

पूर्वी चितवनको कुमरोज वनमा बाघले आक्रमण गरेका ब्यक्तिको शव फेला परेको छ । खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजे घाँस काट्न गएका ६२ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको थियो । बेपत्ता भएका धमलाको खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

 

https://ujyaalonepalnews.com/archives/18597

Previous articleमङ्गलवार मेलम्ची खानेपानीको उद्घाटन गर्दै सरकार
Next articleभूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।