टेलिकमको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई दुई करोड ११ लाख पुगेको छ ।

चालु आर्थिक वर्षमा कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको नेपाल टेलिकमले जनाएको छ ।

file photo

साथै कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई दुई करोड तीन लाख ९७ हजार पुगेको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीले कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको र त्यसरी भ्वाइस र डाटा दुवै सेवामा कम्पनी नेपालको अग्रणी संस्थाको रूपमा स्थापित हुन सफल भएको जानकारी दिनुभयो ।

प्रविधिमा भएको विकास र परिवर्तनसँगै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको, बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रवर्द्धनका लागि प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा समेत कूल राजस्व र खुद नाफा क्रमशः ४२ अर्ब २१ करोड र सात अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको उहाँले बताउनुभयो ।

कम्पनीले ७७ जिल्लाका ७२० भन्दा बढी स्थानीय निकायमा फोरजी एलटिइ सेवा उपलब्ध गराइसकेको र बाँकी स्थानमा छिट्टै यो सेवा विस्तार गर्ने गरी काम भइरहेको जनाएको छ ।

कम्पनीले भ्वाइस सेवालाई डाटा सेवाले प्रतिस्थापन गर्दै लगेकाले डाटाको माग पूर्तिका लागि भ्यालु एडेड सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ ।

https://ujyaalonepalnews.com/archives/18631

Previous articleयात्रुवाहक बसबाट लाखौँ मूल्य बराबरका भाँडाकुँडा नियन्त्रणमा
Next articleकर्णाली प्रदेश :  जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।