रत्ननगरको मेयर पदमा एमाले बाट ६ जनाको दाबी

रत्ननगर । एमालेबाट चितवनको रत्ननगर नगरपालिकाको मेयरमा छ जना र उपमेयरमा आठ जना दावी प्रस्तुत गरेका छन् । नेकपा एमाले रत्ननगर नगर कमिटीले शनिवार भेलाको आयोजना गरी मेयर र उपमेयरमा आकाँक्षी नेताहरुलाई लिखित रुपमा दावी प्रस्तुत गर्न आह्वान गरेको थियो ।

रत्ननगरका मेयरको लागि सो पार्टीबाट वर्तमान उपमेयर बिमलादेवी दुवाडी, प्रदेश कमिटी सदस्यहरु राजाराम रेग्मी, प्रेमनाथ दुवाडी, पूर्व जिल्ला कमिटी सदस्य डा. किशोर चन्द्र खनाल, जिल्ला उपसचिव चन्द्रकान्त न्यौपाने र नगर कमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्याल दावी प्रस्तुत गरेका छन् ।

त्यस्तै उप–मेयरका लागि अनेमसंघकी नगर इन्चार्ज ज्वाला पुरी वन, पार्टीका जिल्ला सदस्य तथा वडा नं १० का वडाध्यक्ष केशव आचार्य,जिल्ला सदस्य पार्वती न्यौपाने, अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य लक्ष्मीकुमारी कोइराला, वडा नं ३ का वडाध्यक्ष गुप्तानाथ भट्टराई, युवासंघका केन्द्रीय सचिव प्रताप डल्लाकोटी, जिल्ला सदस्य बिन्दा कार्की र नेता गोबिन्द कृष्ण श्रेष्ठले उपमेयरमा दाबेदारी प्रस्तुत गरेका छन् । मेयर र उपमेयरमा दावी गर्ने नेताहरुको संख्या बढी भएपछि आइतबार उनीहरुसंग छलफल गरिने छ ।

मेयर र उपमेयरमा दावी गरेका नेताहरु बीच छुट्टाछुट्टै समयमा छलफल गरिने छ । पार्टी नगर कमिटीले दावी प्रस्तुत गरेका नेताहरुलाई नगर विकासका योजना सहित आउन आग्रह गरेको छ । नगर कमिटीले एक मेयर र एक उपमेयरको उम्मेदवार छान्न प्रयास गर्ने र सम्भव नभए जिल्ला हुँदै प्रदेश कमिटीले निर्णय गर्ने जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/18650

Previous articleडोट्याली भाषा : मौलिकता हराउँदै
Next articleहिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।