सबै सेवा पाउनु जनताको मौलिक अधिकार हो : राष्ट्रपति भण्डारी

रौतहट- राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापना भएपछि नेपालीका लागि स्वास्थ, शिक्षा र सामाजिक न्याय पाउनु जनताको मौलिक अधिकार भएको बताउनुभएको छ ।

रौतहटको माधव नारायण नगरपालिका-३ मा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आज उद्घाटन गर्दै उहाँले स्व गजेन्द्रनारायण सिंहको सपना साकार भएको स्मरण गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र किसान आन्दोलनमा सिंहको अग्रणी भूमिका रहेकाले उहाँकै नाउँमा निर्माण गरिएको अस्पतालबाट स्थानीयले सेवा, सुविधा लिएपछि सिंहको नाम अमरत्व प्राप्त गर्ने बताउनुभयो ।

एक अर्को प्रसङ्गमा उहाँले भन्नुभयो, “किसानको लागि मल, सिँचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती व्यवस्थित, चुरे क्षेत्र संरक्षण, भूमिगत जलस्रोत र धार्मिक पर्यटन सुदृढ बनाइ आर्थिक उन्नतिको लागि तीनै तहको सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”

पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसद राजेन्द्र महतो, सङ्घीय सांसद अनिलकुमार झा, मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, आयोजक संस्थाका अध्यक्ष दिगम्बर झा, प्रदेशमन्त्री नवलकिशोर साह, भारतीय महावाणिज्य दूत नितेशकुमार, डा प्रभुप्रसाद साहलगायत वक्ताले स्व सिंहको जीवनीबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । सङ्घीय सांसद अनिलकुमार झाको संसदीय विकास कोष र भारतीय दूतावासको लगानीमा अस्पताल निर्माण भएको जनाइएको छ ।-

https://ujyaalonepalnews.com/archives/18695

Previous articleवैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ गरिने
Next articleसैनिक इलाकामा भेटिएको विस्फोटक पदार्थ फुटाएर बेच्‍न खोज्दा….
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।