लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि सुरु

0
18

काठमाडौँ । देशका ग्रामीण क्षेत्रमा लघुवित्तको माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउँदै आएका लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

सम्मेलनको नेपाल राष्ट्र बैङ्कका पहिलो महिला कामु गभर्नर डा.निलम ढुङ्गाना तिमिल्सिनाले उद्घाटन गर्नुभयो ।

सम्मेलनमा देश भरका ७७ वटै जिल्लाका करिब ८ सय लघु उद्यमी संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको छ । त्यस मध्ये ६ सय ७३ महिलाहरू मात्र रहेका छन् ।

सम्मेलनमा लघुवित्तहरूले हाल भोग्नुपरेका समस्या, उनीहरूले देशको अर्थतन्त्र र गरिबी निवारणको क्षेत्रमा पुर्‍याएको योगदान र ग्रामीण क्षेत्रको विकासमा पुर्‍याएको योगदान लगायतका विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरी छलफल भएको छ ।

 

सम्मेलनको उद्घाटन गर्नुहुँदै कामु गभर्नर डा ढुङ्गानाले लघु वित्त मुलुकको आर्थिक विकासका आधार भएकोले उनीहरूले दिगो, मर्यादित र अनुशासित भएर व्यवसाय अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले लघुवित्तहरूले मुलुकमा महिला सशक्तीकरण, सबलीकरण र स्वरोजगारीका क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउनुभयो । 

लघुवित्तको माध्यबाट देशमा महिलाको आर्थिक सामाजिक अवस्थामा सुधार गर्न पनि उल्लेखनीय सहयोग पुगेको कामु गभर्नर डा ढुङ्गानाले बताउनुभयो ।

सम्मेलनमा सहभागीहरूलाई स्वागत गर्दै आयोजक समितिका अध्यक्ष शङ्करमान श्रेष्ठले करिब चार अर्बको हाराहारीमा विपन्न समुदायमा लघुवित्तको माध्यमबाट लगानी भएको बताउनुभयो ।

उहाँले लगानी अनुसारको प्रतिफल भने कम मात्रामा मात्र देखिएको भन्दै लघुवित्त संस्थाहरूलाई मुलुकको गरिबी निवारणको अभियानमा लाग्न अनुरोध गर्नुभयो । 

मङ्गलवारसम्म विभिन्न ७ वटा कार्यपत्रहरू माथि छलफल गरी काठमाडौँ घोषणापत्र जारी गरेर सम्मेलन सम्पन्न हुने सम्मेलनको कार्यक्रम उप समितिका संयोजक ज्योतीचन्द्र ओझाले बताउनुभयो ।   

https://www.ujyaalonepalnews.com/archives/18715

Previous articleकृषि गणना गर्न सुपरिवेक्षक खटिँदै
Next articleइच्छाकामनाको अध्यक्षमा एमालेबाट दान बहादुर गुरुङ उम्मेद्वार