इच्छाकामनाको अध्यक्षमा एमालेबाट दान बहादुर गुरुङ उम्मेद्वार

चितवन, २८ चैत । नेकपा एमालेको इच्छाकामना गाउँ कमिटीले पालिका अध्यक्षमा दानबहादुर गुरुङको नाम सिफारिस गरेको छ । सोमबार बसेको गाउँ कमिटी बैठकमा अध्यक्ष कृष्ण सिलवालले गुरूङलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए, त्यसलाई अनुमोदन गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्व जिल्ला अध्यक्ष समेत रहेका गुरूङ शिक्षण पेशाबाट राजनीमा दिएर राजनीतिमा सक्रिय हुन लागेका हुन् । गाउँपालिका उपाध्यक्षको उम्मेदवारका लागि ७ जनाले दावी पेश गरेको सिलवालले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/18734

Previous articleचितवनमा राप्रपाको चुनाबी अभियान; रेखा भन्छिन् ‘तपाईको आँसु पुछ्न म आईसकें’
Next articleक्यान इन्फोटेक वैशाख ७ गतेदेखि हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।