७५ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धको खोप लगाए

0
64

काभ्रे- काभ्रे जिल्लामा ७५ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ ।

चैत्र २५ गते देखि १५ महिना माथी र १५ वर्ष सम्मका बालबालिकाहरुलाई खोप लगाउने अभियान आज सम्ममा ७५ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाईले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाईका अनुसार काभ्रेमा वर्षेनी ४ हजार १ सय ४९ जना सङ्क्रमित भएका छन् । सङ्क्रमित मध्ये २ हजार २ सय ६१ महिला र १ हजार ८ सय ८८ जना पुरुष छन् । यो संख्या अस्पतालमा भर्ना हुनेहरूको मात्रै हो ।

नेपालमा खोपबाट बचाउन सकिने रोगहरूलाई शून्य अवस्थामा पुर्‍याउने उद्देश्यले टाइफाइड खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा १५ वर्ष मूनिका बालबालिका ९० हजारको हाराहारीमा रहेको र जिल्लाका तिन सय खोप केन्दबाट चैत्र २५ देखि ३० गतेसम्म उक्त अभियानसुरु भइरहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

https://www.ujyaalonepalnews.com/archives/18765

Previous articleबिस्का जात्राभित्रका जात्रा
Next articleभन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद