मेलम्चीको मेयरमा एमालेबाट बालकृष्ण देउजाको दाबी; यस्तो छ मेलम्ची समृद्ध बनाउने कार्ययोजना

काठमाडौँ- स्थानिय तहको निर्वाचन मिति नजिक आइरहेको छ । यसै सन्दर्भमा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटिको सर्कुलर बमोजिम १२ वटै पालिकाबाट प्रमुख , उपप्रमुख सहित वडा अध्यक्ष र सदस्य समेतका आकांक्षीहरुको नामवाली पालिका कमिटिहरुले जिल्ला कमिटिमा सिफारिस गरेर पठाएका छन् ।

सिन्धुपाल्चोकका १२ पालिका मध्ये निकै चासो पूर्वक हेरिएको मेलम्ची नगरपालिकामा एमालेबाट नगर प्रमुख र उप्रप्रमुख सहित १३ वटा वडाहरुमा कस्ता उमेदवारहरु चुनिने हुन् भन्दै चासो देखिन्छ । २०७४ को स्थानिय तहको निर्वाचनमा १३ मध्ये ८ वटा वडा सहित प्रमुख, उपप्रमुख समेत जितेर सत्ता चलाएको एमालेले आफ्नो विरासत कायम राख्न सक्लाकी नसक्ला भनेर विपक्षीहरुले समेत मेलम्चीलाई नजिकबाट हेरिरहेका छन् ।

बदलिँदो राजनितिक परिवेश र एमाले विरुद्ध देशैभर गठबन्धन भइरहँदा एमाले बलियो शक्ति भएको मेलम्ची नगरपालिकामा विपक्षी पार्टीहरुले एमालेबाटबाट सत्ता खोस्न निकै जोडबल लगाउँछन् भन्ने नजिक बाट बुझेको एमाले नेतृत्वले निकै सुझवुझका साथ आन्तरिक एकता बलियो बनाएर उमेदवार चयन गर्ने तयारी गरेको बताइन्छ ।

केहि दिन अघि बसेको एमाले मेलम्ची नगरकमिटिको विस्तारित बैठकमा मेयरमा ७ जना र उपमेयरमा ५ जनाले आकांक्षा राखेका थिए । सबै आकांक्षीहरुको नाम नगरकमिटिले जिल्ला कमिटिमा सिफारिस गरेर पठाएको छ । प्राप्त नामहरुलाई जिल्ला कमिटिले आवश्यक राय सहित प्रदेश कमिटिमा पठाउने बताइएको छ ।

नगर प्रमुखमा बालकृष्ण देउजा , मित्रलाल चौलागाई,डम्बर अर्याल ,कृष्णगोपाल तामाङ, चिरन तामाङ, रुद्रप्रसाद दुलाल र ज्ञानेन्द्र श्रेष्ठले आकांक्षा व्यक्त गरेका छन् भने उपमेयरमा उमा प्रधान, सुनिता पराजुली, दुर्गादेबि चालीसे, भबानी श्रेष्ठ र शिवकुमारी सिग्देलले दाबेदारी प्रस्तुत गरेका छन् ।

मेयरमा आकांक्षा राखेका मध्ये सबैले आ आफुले टिकट पाउनु पर्ने विभिन्न आधार र कारण उल्लेख गर्दै आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । आकांक्षा राख्नेहरुको मध्ये यस पटक मेलम्चीको मेयरको टिकट बालकृष्ण देउजाको पोल्टामा जाने सम्भावना ज्यादा रहेको चर्चा राजनितीक बजारमा चलेको छ ।

अघिल्लो पटकको निर्वाचनमा पनि मेलम्चीको मेयरको प्रमुख आकांक्षी रहेका देउजा अन्तिममा व्याक हुनु परेको थियो , हाल एमाले वाग्मती प्रदेश कमिटिको सचिवालय सदस्य रहेका उनी स्थानिय विकासका सन्दर्भमा राम्रो दख्खल राख्ने , स्थानिय सरोकारका बिषयमा खरो रुपमा उत्रने र जनस्तरमा घुलमिल भएको लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।

एमाले अध्यक्ष केपी ओली निकट भनेर चिनिने देउजाले ओलीले प्रतिनिधिसभा विघठन गरेको तत्कालिन अवस्थामा ओलीको पक्षमा कमजोर भनेर चिनिएको सिन्धुपाल्चोकको जिल्ला अध्यक्षको रुपमा नेतृत्व गरेर एमाले र ओलीको पक्षमा माहोल बनाउन ठूलो भूमिका खेलका थिए । संकटको बेलामा नेतृत्व दिएका उनलाई मेयरको टिकट दिन माथिल्लो नेतृत्व पनि सकारात्मक रहेको बताइन्छ ।

एमाले सिन्धुपाल्चोको केहि समय अघि सम्पन्न ९ औँ जिल्ला अधिवेशनमा पनि अध्यक्षको प्रत्यासि रहेका देउजा अन्तिममा सहमतीका लागी बाधक नबन्ने भन्दै पछि हटेका थिए । कतिपयले मेलम्चीको मेयरको टिकटको ग्यारेण्टी भए पछि जिल्ला अध्यक्षको दौडबाट पछि हटेको बताउने गरेका छन् तर देउजा उक्त कुरालाई अस्विकार गर्दछन् । मेयरको निकटका लागी सौदाबाजी गरेर पार्टी अध्यक्ष छोडेको भन्नेहरुलाई उनले एकपटक आफ्नो राजनितिक इतिहास पढ्न सुझाव दिएका छन् ।

जिल्ला अधिवेशनको अध्यक्ष मण्डलको अध्यक्ष समेत रहेका एमाले स्थायि कमिटि सदस्य शेरबहादुर तामाङ लगायत अध्यक्ष मण्डलका सदस्य रहेका सबै नेताहरुले मेलम्चीको अबको मेयरको उमेदवार तपाईनै हो त्यस कारण तपाइको बढि समय नगरमै दिनु पर्छ भनेर जिल्ला अध्यक्षको दाबीबाट पछि हट्न आग्रह गरेको कुरा भने देउजाले स्विकार गरेका छन् ।

पाँच बर्ष जागिर खान नभइ सम्वृद्ध मेलम्चीको भिजन सहित विकासको मोडल देखाउन आफु मेलम्चीको मेयरको आकांक्षी भएको देउजाको भनाइ छ । जनताको सुखदुखलाई नजिकबाट बुझेको भन्दै उनले मेलम्चीको समस्या र सम्भावनालाई आफुले नजिकबाट अध्ययन गरेको उनी बताउँछन् ।

पार्टी संगठनको बलमा आफुले निर्वाचन जित्ने र पार्टिले अघि सारेको साझा उदेश्य प्राप्तिका लागी काबिल नेतृत्व दिने क्षमता आफुमा रहेको दाबी गर्दै देउजाले यस पटक मेलम्ची मेयरको टिकट आफुले पाउँनेमा ढुक्क रहेको बताएका छन् । व्यक्तिगत रुपमा आफ्ना लागी मेयरको टिकट भन्दा पनि आज सम्म आफुले हासिल गरेको योग्यता र क्षमतालाई मेलम्चीको विकास र सम्वृद्धिमा प्रयोग गर्ने भूमिका आफुले खोजको देउजाको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/18831

Previous articleदुई दिनमा एक करोडको सामान बरामद
Next articleनयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।