काठमाडौँ । संयुक्त राज्य अमेरिकाको विकास सहयोग नियोग (यूएसएआईडी) ले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ वैदेशिक अनुदान दिने भएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैङ्कको १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने तथा संयुक्त राज्य अमेरिकाको विकास सहयोग नियोग (यूएसएआईडी) ले दिने करिब ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले दुई दिन बिदा दिने वा नदिने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय नभएको जानकारी दिनुभयो ।
त्यस्तै, प्रवक्ता कार्कीले बैठकमा सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकारद्वारा आयोजित पत्रकार सम्मेलन :
https://ujyaalonepalnews.com/archives/18888


