बीरगंज भन्सारबाट ९ महिनामा १ खर्ब ५५ अर्बभन्दा बढी राजस्व सङ्कलन

बीरगंज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकीकृत भन्सार जाँच चौकी आइसिपी बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/०७९ को ९ महिना अर्थात् चैत्र मसान्त सम्ममा १ खर्ब ५५ अर्ब ३८ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

भन्सार विभागले तोकेको लक्ष्यभन्दा पनि २ दशमलव ३ प्रतिशतभन्दा बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले जानकारी दिनुभयो ।

आयात निर्यात व्यापार बीरगंज नाकाबाट बढ्दै जानु र इन्धन, सवारी साधनको आयात समेत बढिरहेको कारण बीरगंज भन्सार कार्यालयले अर्थ मन्त्रालयले तोकेको लक्ष्यभन्दा पनि बढी राजस्व असुल गर्न सफल भएको प्रमुख भन्सार प्रशासक पोखरेलले बताउनुभयो ।

बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालय राजस्व विभागले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ५१ अर्ब ९३ करोड, १४ लाख २३ हजार राजस्व असुली गर्ने लक्ष्य दिएको थियो । लक्ष्यभन्दा  ३ अर्ब ४५ करोड १५ लाख ३४ हजार बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

वीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८÷०७९ को ९ महिनामा भन्सार राजस्वतर्फ ५६ अर्ब ५२ करोड ३ लाख ६१ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ६१ अर्ब ९९ करोड ९७ लाख १९ हजार राजस्व असुली भएको छ ।

त्यसैगरी, अन्त शुल्कतर्फ १६ अर्ब ११ करोड १९ लाख ७६ हजार असुली गरेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताउनुभयो ।

त्यसैगरी, बीरगंज भन्सार कार्यालयले पूर्वाधार करतर्फ १२ अर्ब ३० करोड ४९ लाख ६८ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ १ अर्ब ७ करोड २२ लाख ९२ हजार असुली गरेको छ ।

यसैगरी, वीरगंज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुरतर्फ ३ अर्ब ६ करोड ४७ लाख ८१ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा ३ अर्ब ९७ करोड ७५ लाख ५ हजार असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

आईसिपी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि चैत्र मसान्तसम्मको ९ महिनामा १ खर्ब २४ अर्ब ७७ करोड ५२ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

चालू आर्थिक वर्षको सोही अवधिमा गत वर्षभन्दा ३० अर्ब ६० करोड ७७ लाख २८ हजार रुपैयाँ बढी राजस्व सङ्कलन भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो ।

http://www.fxstat.com/en/user/profile/nirajan-370599/blog/36748293-%E0%A4%AC%E0%A5%80%E0%A4%B0%E0%A4%97%E0%A4%82%E0%A4%9C-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A4%BE%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A5%AF-%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%A8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A5%A7-%E0%A4%96%E0%A4%B0%E0%A5%8D%E0%A4%AC-%E0%A5%AB%E0%A5%AB-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BE-%E0%A4%AC%E0%A4%A2%E0%A5%80-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%C2%A0%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%B2%E0%A4%A8

https://ujyaalonepalnews.com/archives/18920

Previous articleनिर्धारित मितिमै निर्वाचन हुन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया
Next articleनेपाल धनी हुँदैन, तन्नम पनि रहँदैन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।