धादिङमा तीन वटा सवारी साधन ठोकिँदा १७ जना घाइते

धादिङ- पृथ्वी राजमार्गमा आज तीन वटा सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी सत्र जना घाइते भएका छन् ।

पोखरावाट काठमाडौं आउदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रो बसले ओभरटेक गर्ने क्रममा विपरित दिशातर्फबाट जाँदै गरैको बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिँदा माइक्रोवसले पुनः उही दिशाबाट आएको ना ८ ख २०१४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

यो दुर्घटनामा माइक्रोमा सवार १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ ।

घाइते मध्ये चार जनाको अवस्था गम्भीर भएको र उनीहरुलाई उपचारका लागि काठमाण्डौँ लगिएको छ । अन्य घाइतेहरुको गजुरी र मलेखुस्थित अस्पतालहरुमा उपचार भइरहेको छ ।।

https://ujyaalonepalnews.com/archives/18938

Previous articleदलको चुनाव चिन्ह निर्धारण
Next articleघरजग्गा कारोबारलाई छोएन तरलताको अभावले : रु ७१ अर्ब राजस्व सङ्कलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।