सुन प्रतितोला रु ४०० ले घट्यो

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार थियो ।

त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला रु एक हजार ४२० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ ।।

https://ujyaalonepalnews.com/archives/19005

Previous articleस्थानीय तह निर्वाचन : काँग्रेस केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना
Next articleगण्डकी प्रदेश : कृषि गणना सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।