कान्तिपुर टेलिभिजनमा पत्रकारको धर्ना

काठमाडौं– नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमा धर्ना सुरु गरेको छ ।

कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामवाट निश्कासन गरिएका पत्रकार दिपा दाहालको पूर्नवाहाली लगायतको माग राखेर नेपाल पत्रकार महासंघ सोमबारदेखि चरणवद्ध संर्घषको कार्यक्रममा उत्रेको हो ।

आन्दोलनको पहिलो दिन पत्रकार महासंघको नेतृत्वमा तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यलयको गेटमा मध्यान्ह १२ वजेदेखि दिउँसो साढे १ बजेसम्म धना कार्यक्रम आयोजना गरेको थियो ।

कान्तिपुर टेलिभिजनले झण्डै ८० प्रतिशत भन्दा बढी न्यूनतम पारिश्रमिक नदिएको पत्रकार महासंघको भनाइ छ । पत्रकार दिपा दाहाललाई आफैले काम गर्न बोलाएर दुई वर्षसम्म अन्यत्र काममा जान नपाउने भन्दै आफैले जागिर अफर गरेर ल्याएको र कान्तिपुरकै अर्को भगिनी संगठनमा १० वर्ष अगाडि भएको लैगिक हिंसाको विषयलाई आधार बनाएर करार नवीकरण नगरेर निश्कासन गरेको थियो ।

पत्रकार महासंघले गरेको धर्ना कार्यक्रममा पुगेरै सञ्चारसँग सम्वन्धित विभिन्न संघ सस्थाका प्रतिनिधीहरुले पनि महासंघको आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए ।

युनमीका अध्यक्ष गोविन्द धिताल, स्वतन्त्र पत्रकार संगठन नेपालका अध्यक्ष एलएस लामा, नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजंग हमाल, राजधानी प्रतिष्ठानका अध्यक्ष ईश्वर विश्वकर्मा, काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने, सञ्चारिका समूहका उपाध्यक्ष पवित्रा सुनार, नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य कल्पना शर्मा, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर लगायतले पत्रकार दिपा दाहालको पुनर्बहाली र पत्रकार महासंघले राखेका अन्य माग प्रति ऐक्यवदता जनाएका थिए ।

पत्रकार महासंघले वैशाख ७ र ८ गते नागरिक दैनिकमा पनि धर्नाको कार्यक्रम गर्ने गरी कार्यक्रम घोषणा गरेको छ ।

https://ujyaalonepalnews.com/archives/19007

Previous articleगण्डकी प्रदेश : कृषि गणना सुरु
Next articleगठबन्धनमा महानगर–उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छ : नेता पुन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।