राष्ट्र बैङ्कका गभर्नर अधिकारी आज काममा फर्कनुभयो

काठमाडौँ । सर्वोच्च अदालतले मङ्गलवार अल्पकालीन अन्तरिम आदेश दिएपछि राष्ट्र बैङ्कका निलम्बनमा पर्नुभएका गभर्नर महाप्रसाद अधिकारी आज काममा फर्कनुभएको छ ।

सरकारले केही समयअघि गभर्नर अधिकारीलाई निलम्बन गरी छानबिन समिति गठन गरेको थियो । निलम्बनमा परेपछि गभर्नर अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सो रिटमाथि मङ्गलवार भएको सुनुवाइपछि सर्वोच्च अदालतले सरकारको सो निर्णय कार्यान्वयन नगर्न, नगराउन अन्तरिम आदेश दिएको थियो ।

कार्यालयमा हाजिर भएपछि गभर्नर अधिकारीले आग्रह पूर्वाग्रह नराखेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/19060

Previous articleकृति परिचयः अँजुलीभरी अति सरल कविता र गीत
Next articleऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।