प्रविधिको प्रयोगले चुनाव खर्च एक चौथाइ घटाउन सकिन्छ : उपाध्यक्ष पौडेल 

 काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले नेपालको निर्वाचनका लागि हाल १०÷१२ अर्बको खर्च रहेकोमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरेर ३ अर्बमा झार्न सकिने बताउनुभएको छ ।

कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घको आयोजनामा काठमाडौँमा आजदेखि सुरु भएको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशका सबै निकायहरूमा व्यापक रुपमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने सम्बन्धमा योजना आयोगले छलफल अघि बढाएको बताउनुभयो ।

उहाँले आयोगले सूचना प्रविधिको प्रयोगलाई व्यापक बनाउने सम्बन्धमा छिट्टै निजी क्षेत्रसँग छलफल गरी आवश्यक नीतिगत व्यवस्था गर्ने पनि उल्लेख गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/19070

Previous articleसामाजिक सुरक्षा कोषको परिपत्र देखाएर योगदानकर्ताले उपचार सुविधा पाउने
Next articleतेह्र जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।