सत्तागठबन्धनमा आवद्ध दलहरुले चितवनमा पनि सबै पालिकाहरुमा गठबन्धनलाई निरन्तरता दिने तयारी थालेका छन् ।
गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर नेकपा (माओवादी केन्द्र) र उपमेयर नेपाली कांग्रेसको भागबण्डामा परेपछि अन्य ६ पालिकाहरुमा गठबन्धनको तयारी भइरहेको हो ।

राष्ट्रिय जनमोर्चा र जनता संघीय समाजवादी पार्टीले पालिका प्रमुखको दावि नगरेपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) छलफल भैरहेको छ ।
रत्ननगर, खैरहनी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा नेपाली कांग्रेसले दावि गर्दै आएको छ । त्यस्तै, माडी र राप्तीमा कांग्रेसले उपमेयरको दावि गरेको छ । स्रोतका अनुसार, नेकपा (माओवादी केन्द्र)ले माडी नगरपालिकामा मेयर, रत्ननगर र खैरहनीमा उपमेयर, इच्छाकामनामा उपाध्यक्षको दावि गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले राप्ती नगरपालिकामा मेयर र रत्ननगर नगरपालिका, माडीमा उपमेयर माग गरेको छ । तर, दलहरुबिचको छलफल करिब करिब सहमतिको नजिक पुगेको स्रोतले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/19087


