पर्बतकाे कुश्माबजारमा आगलागी

पर्बत-पर्बतकाे कुश्मा नगरपालिका स्थित कुश्माबजारकाे एक घरमा आगलागी भएकाे छ । लक्ष्मी श्रेष्ठकाे घरमा आगलागी हुँदा घर पुर्ण रूपमा जलेर नष्ट भएकाे छ ।

करिब एक घण्टापछि स्थानीय, प्रहरी र सशष्त्र पहरीको टोलीले आगलागीलाई नियन्त्रणमा लिएका छन ।

आगो नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी बाग्लुङ जिल्लाकाे बाग्लुङ नगरपालिकाबाट बारूणयन्त्र मगाइएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जाेशीले जानकारी दिनुभयाे ।

आगलागी बिद्धुत सटका कारण भएको अनुमान गरिएपनि अझै कारण पत्ता लागि नसकेकाे जिल्ला प्रहरी कार्यालय पर्बतका प्रमुख डिएसपी शिबराज बुढाथाेकीले जानकारी दिनुभयाे । आगलागीबाछ मानबीय क्षति भने भएकाे छैन ।।

https://ujyaalonepalnews.com/archives/19100

Previous articleरत्ननगरमा मिल्यो भागबण्डा: मेयर कांग्रेसलाई उपमेयर समाजवादीलाई
Next articleसुनको मूल्य प्रतितोला ३०० ले बढ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।