बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन मन्त्री बडूको निर्देशन

File Photo

काठमाडौँ । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्ला केही दिनयता विभिन्न कारणहरू देखाई बजारमा अत्यावश्यकीय वस्तुहरूको मूल्यवृद्धि भएको र कतिपय वस्तुहरूको अभाव देखिएको भन्ने जनगुनासो आएकोले बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिनुभएको छ । 

बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीला प्रसाद शर्मालाई बोलाएर माननीय मन्त्रीज्यूले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, मौज्दात तथा विक्री वितरणको अवस्थाबारे निरन्तर अनुगमन गर्न निर्देशन दिनुभयो । 

मन्त्रीले आयातलगायत अन्य कारणहरू देखाई व्यापारीले उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको तथा बजारमा अभाव देखिएको भनी फैलाइएको नकारात्मक हल्लाले आम उपभोक्ता त्रासमा रहेकोले जनतालाई यथार्थ विवरणबारे जानकारी दिई आश्वस्त पार्न पनि निर्देशन दिनुभयो । 

https://ujyaalonepalnews.com/archives/19122

Previous articleनेप्से परिसूचक झिनो अङ्कले बढ्यो
Next articleअर्थतन्त्र सुधारका लागि एकीकृत प्रयासमा अर्थशास्त्रीहरूको जोड 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।