मेयरमा उम्मेदवारी दिन सांसद पदबाट राजीनामा

चितवन- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले आफ्नो सदस्य पदबाट आज राजिनामा दिनुभएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनका लागि सो पदबाट आज राजिनामा दिनुभएको उहाँले जानकारी दिनुभएको छ ।

चितवनको क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित सदस्य सुवेदीले आज प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष लिखितरुपमा आफ्नो सदस्य पदबाट राजिनामा पत्र बुझाउनुभएको जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/19132

Previous articleविकास र सुशासनको नीतिमा एमाले स्पष्ट छ : अध्यक्ष ओली
Next articleअक्सिजन प्लान्ट विष्फोट : मृत्यु हुने दुई पुगे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।