अष्ट्रेलियामा अस्ताए चितवनका धिरज

चितवन- अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत चितवनका एक युवा आफ्नै कोठामा मृत फेला परेका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले जनाए अनुसार मृत्यु हुनेमा चितवन स्थायी ठेगना भएका २४ वर्षीय धिरज रानाभाट रहेका छन् । उनी नेपाली समयअनुसार मंगलबार मृत भेटिएका हुन् ।

चितवनबाट उनी चार वर्ष अघिमात्र व्याचलर इन आईटी पढ्न सिड्नी गएका थिए । पछिल्लो समय भिसा र आर्थिक समस्याले धिरज निकै तनावमा रहेको उनका साथीहरुले बताएका छन् । पछिल्लो तीन चार महिनाको तथ्यांक हेर्ने हो भने सिड्नीमा दुई जना र पर्थमा एक जना नेपाली युवाको मृत्यु भएको गैरआवासिय नेपाली संघले जनाएको छ ।

समग्र चितवनको चुनाबी गतिबिधि थाहा पाउन ” चितवनको चुनाबी चहलपहल” ग्रुपमा ज्वाईन हुनुहोला ! ज्वाईन हुन यँहा क्लिक गर्नुहोला ।

https://ujyaalonepalnews.com/archives/19139

Previous articleवीरगञ्जमा एमाले र लोसपाको गठबन्धनः मेयरमा एमाले र उपमेयर लोसपाको भागमा
Next articleगैरसरकारी संस्थाका सञ्जालको लण्डनमा सम्मेलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।