गाउँपालिका अध्यक्ष लड्न आयल निगमका अधिकृतको राजीनामा

काठमाडौं– गाउँपालिका अध्यक्षमा चुनाव लड्न नेपाल आयल निगमका अधिकृत (सातौं) गोपालचन्द्र राईले राजीनामा दिनुभएको छ ।

राईले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार हुन राजीनामा दिनुभएको हो ।

एक महिनाअघि नै राजीनामा दिए पनि बिहीबारमात्रै स्वीकृत भएको राईले जानकारी दिनुभयो ।

विद्यार्थी राजनीति र पत्रकारिता पृष्ठभूमिका राई २०६९ चैत १ गतेदेखि नेपाल आयल निगमको इन्धन डिपो धनुषाबाट स्थायी जागिरे जीवन सुरु गर्नुभएको थियो । ‘निगममा मैले ९ वर्ष १ महिना ८ दिन सेवा गरेपश्चायत आजबाट यो अध्याय समाप्त भयो,’ उहाँले भन्नुभयो ।

राई नेपाल आयल निगम कर्मचारी संघ ९अधिकारीक ट्रेड यूनियन०को अध्यक्षसमेत हुनुहुन्थ्यो ।

खोटाङ जिल्लाका ८ वटा पालिकाहरुमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका सरदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादेखि दक्षिण भेगमा करीव २१ कोष दूरीमा पर्दछ ।

https://ujyaalonepalnews.com/archives/19173

Previous articleमूल्यवृद्धिप्रति व्यवसायी असन्तुष्ट
Next articleपत्रकार धमलालाई प्रेस काउन्सिलले आचारसंहिता कक्षामा राखेर सचेत गरायो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।