भन्सार छलेको चिनी बरामद

नेपालगञ्ज। भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । 

सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।  
प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको छ । प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद गरिएको थियो । 

https://ujyaalonepalnews.com/archives/19203

Previous articleपर्यटकको आगमन दैनिक १०० नाघ्यो
Next articleसष्ट्रा सम्झदै कास्कीको लुम्ले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।