Home Uncategorized चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभर आपतकाल घोषणा

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभर आपतकाल घोषणा

काठमाडौं – कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

चीनबाट सुरू भएको कोरोनाको संक्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।

चीनमा हालसम्म २१३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण चीनबाहिर १८ देशका ९८ जनामा संक्रमण भएको पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।

विश्व आपतकालीन अवस्था घोषणा गर्नुलाई चीनमा फैलिएको संक्रमणभन्दा पनि अरु देशमा के भइरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन् ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ । वुहानमा पुष्टि भएका ४ हजार २२५ जनामा गरिएको अध्ययनअनुसार संक्रमण हुनेको औसत उमेर ५९ वर्ष रहेको छ भने ८९ प्रतिशत मानिस संक्रमण भएको कम्तीमा पाँच दिनपछि मात्र अस्पताल गएका छन् ।

संक्रमण हुनेमध्ये ५६ प्रतिशत पुरुष थिए । ५५ प्रतिशत संक्रमण समुद्री खानाबाट आएको थियो । डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला संक्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको इतिहास छ ।

एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई पुरस्कार प्रदान

Previous articleसर्वोच्चलाई टेरेन अख्तियारले, भ्रष्टाचार मुद्दाका फाइल पठाउन आलटाल
Next articleयो वर्षभित्रै सम्पूर्ण स्थानीय तहमा ब्रोडब्यान्ड पुग्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।