Home Uncategorized वीरगन्ज नाकाबाट नौ महिनामा ६९ अर्बको नेपाली वस्तु निर्यात

वीरगन्ज नाकाबाट नौ महिनामा ६९ अर्बको नेपाली वस्तु निर्यात

वीरगन्ज- नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात १२० प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७७/८७ को साउनदेखि चैतसम्ममा रु ३१ अर्ब ७६ करोड ४६ लाख भन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ३६ अर्ब ९४ करोड २१ लाख बढी अर्थात रु ६९ अर्ब ७० करोड ६७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा एक सय १९.५६ प्रतिशत बढी हो ।

वीरगन्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, दालमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलकतर्फ हुने नेपाली वस्तुकोे निर्यात बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको बताउनुभयो ।

गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब २५ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा रु एक खर्ब २४ अर्ब ७७ करोड ५२ लाख राजस्व सङ्कलन भएको तुलनामा रु ३० अर्ब ६० करोड ७७ लाख बढी अर्थात् रु एक खर्ब ५५ अर्ब ३८ करोड २९ लाख राजस्व सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/19262

Previous articleमालपोत अधिकृत अख्तियारको नियन्त्रणमा
Next articleनेप्से परिसूचकमा उच्च अङ्कको बृद्धि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।