लुइस स्वारेजको स्थानमा नयाँ ‘क्रिस्टियानो रोनाल्डो’ भित्र्याउने बार्सिलोनाको तयारी

बार्सिलोनाले पोर्चुगलका नयाँ ‘क्रिस्टियानो रोनाल्डो’ भनिने फान्सिस्को ट्रिन्कोलाई भित्र्याउने अन्तिम तयारी थालेको छ। जनवरी ट्रान्सफर विन्डो सकिन ४८ घण्टाभन्दा कम समय रहेकाले बार्सिलोनाले अनुबन्धको प्रक्रिया तीव्र पारेको समाचारहरुले जनाएको छ।

९ नम्बर जर्सी लगाउने २० वर्षे फान्सिस्कोलाई घाइते रहेका लुइस स्वारेजको स्थानमा अनुबन्ध गर्न लागिएको जनाइएको छ। चार महिनादेखि स्वारेज घाइते हुँदा क्याटलन क्लबको आक्रामक कमजोर बनेको छ।

अहिले बार्सिलोनाको फरवार्ड लियोनल मेस्सी, एन्टिनियो ग्रिजम्यान, अंशु फाती र ओसामाने डिम्बालेले धानिरहेका छन्। कुनै एक घाइते हुँदा क्लबलाई समस्या हुने देखिएपछि क्लबले विकल्प खोज्न थालेको हो।

फ्रान्सिस्कोलाई भित्र्याउँदा अबल रुइजलाई रिलिज गर्ने क्लबको योजना छ। सुरुमा फान्सिस्को ऋणमा बार्सासँग अनुबन्ध हुने र पछि सिजनको अन्त्यमा उनको स्थायी सम्झौता हुने समाचारहरुमा उल्लेख छ।

बर्गाको युथ एकेडेमीबाट आएका फान्सिस्को सोही क्लबबाट सन् २०१८ मा पहिलो टिममा डेब्यू गरेका थिए। यस सिजनमा २२ खेल खेलेका उनले ३ गोल गरेका छन्।

माग्नेबुढाको बुवाआमासँग भेट्दा यति धेरै हँसाए, केदार बारे खुलाए यस्तो कुरा (भिडियो सहित)

Previous articleप्रहरीबाट भागेका परदेशी गीतकार ‘रोवर्ट’
Next articleलिभरपुलले गुमाएको ४० लाख डलरमै रोनाल्डो भित्र्याउने त्यो मौका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।