Home Uncategorized नेपालको हवाई सुरक्षा दरमा बृद्धि

नेपालको हवाई सुरक्षा दरमा बृद्धि

काठमाडौँ- अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दरमा वृद्धि भएको छ ।

नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजा अनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको छ ।

पछिल्लो नतिजाले नेपालको आकाश सुरक्षित रहेको र हवाई पूर्वाधारमा प्रगति गरेको पुष्टी भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो ।

हवाइ सुरक्षाको अनुगमन र प्रत्याभूति गर्ने आइकाओको सूचीमा नेपालको स्थान माथि उक्लिएकाले युरोपेली सङ्घद्वारा जारी नकरात्मक सुरक्षा सूचीवाट नेपालको नाम हटाउन सहयोग पुग्ने अपेक्षा बढेको प्राधिकरणले जनाएको छ ।।

https://ujyaalonepalnews.com/archives/19366

Previous articleमताअधिकारबाट वञ्चित नगर्न आग्रह
Next articleभूकम्प स्मृतिसभा : स्वयंसेवकको सुरक्षामा गर्न माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।