Home Uncategorized सुकुम्बासी बस्तीबाट एमाले रत्ननगरको घरदैलो अभियान सुरु

सुकुम्बासी बस्तीबाट एमाले रत्ननगरको घरदैलो अभियान सुरु

रत्ननगर,बैशाख १४- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले रत्ननगरले चुनावी प्रचारप्रसारको कामलाई तिब्रता दिंदै आजबाट घरदैलो सुरु गरेको छ । एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडी र उपमेयर यादव पाठक सहितको टोलीले आजबाट घरदैलो सुरु गरेको हो ।

उम्मेदवार सहितको टोलीले वडा नम्बर ३ को सुकुम्बासी बस्तीबाट घरदैलो सुरु गरेको एमाले नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालले जानकारी दिए । घरदैलोका क्रममा उम्मेदवारलाई स्थानीयले बधाई र शुभकामना दिईरहेका छन् । मेयरको उम्मेदवार महिला पाएपछि स्थानिय महिलाहरु उत्साहित देखिएका थिए । उनिहरुले महिलाको समस्या समाधानको लागि नेतृत्व तहमा महिलानै हुनुपर्ने भन्दै मेयरको उम्मेदवार दुवाडीलाई जितको लागि शुभकामना दिए ।

घरदैलो कार्यक्रममा मेयरको उम्मेदवार दुवाडी, उपमेयरका उम्मेदवार पाठक सहित वडा नम्बर ३ का वडाध्यक्षका उम्मेदवार गुप्तनाथ भट्टराई लगायत वडा सदस्यका उम्मेदवार तथा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/19398

Previous articleपाल्पा पूर्वखोलाका दुई महिला उम्मेदवार निर्विरोध निर्वाचित
Next articleबिहीबारदेखि आन्तरिक उडान १८ घण्टा : यस्तो छ एयरलाइन्सको तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।