हात्तीगाड़ेमा हात्तीको मुर्ति स्थापना (फोटोफिचर)

निराजन घिमिरे, वैशाख १४- चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ मा रहेको हात्तीगाडेमा हात्तीको मुर्ति स्थापना गरिएको छ । वडा कार्यालय र स्थानियको लागत साझेदारीमा करिब ३ लाखको लागतमा मुर्ति स्थापना गरिएको हो ।

स्थापित मुर्तिको यहि मंगलबार स्थानिय ज्येष्ठ नागरिकहरु १०५ वर्षिय तारानाथ नेपाल र १०४ वर्षिय मानबहादुर थापाले एक कार्यक्रम बिच सयुक्त रुपमा अनावरण गरेका हुन् । कार्यक्रममा वृद्धद्द्यलाई दोसस्ल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

राणाकालमा कुनै राणा प्रधानमन्त्री चितवन शिकार खेल्न आउने क्रममा हात्तीगाड़े क्षेत्रमा रहेको पानीको आहालमा प्रधानमन्त्री सवार हात्ती गाडिएपछी सो ठाउँको नाम हात्तीगाड़े रहन गएको जानकारहरु बताउँछन् ।

हात्तीगाड़ेको ईतिहासलाई जोगाईराख्न हात्ती गाडिएकै स्थानमा मुर्ति स्थापना गरिएको निवर्तमान वडाध्यक्ष हेमराज थापाले बताए ।

 

https://ujyaalonepalnews.com/archives/19419

Previous article‘कोभिड–१९ मा प्रहरी कर्मचारीले खेलेको भूमिका महत्वपूर्ण छ’
Next articleकुटपिटबाट मृत्यु, आरोपित पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।