रत्ननगर, बैशाख १५- स्थानिय चुनाबको मिति नजिकिए संगै नेकपा एमाले रत्ननगरले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । एमालेको तर्फबाट रत्ननगरको मेयरको उमेदवार विमला दुवाडी र उप मेयरका उमेदवार यादव पाठक सहितको टोलीले घरदैलो कार्यक्रम गरिरहेका छन् । बुधबार रत्ननगर वडा नं. ३ बाट घरदैलो सुरु गरेको टोलीले आज रत्ननगर वडा नं. ५ को घर घरमा पुगेर मतदातासंग मत मागेका हुन् ।
एमालेले मेयरमा महिला उम्मेदवार उठाएपछि महिला मतदाताहरु उत्साहीत देखीएका नगर अध्यक्ष इश्वरी अर्यालले बताए । घरदैलो टोलीमा मेयर उपमेयर का उम्मेदवार सहित वडा नम्बर ५ का वडाध्यक्ष उम्मेदवार कृष्ण महतो , वडा सदस्यहरु कुमार धमला, सागर मिश्र , अनिता महतो,मिठ्ठु परियार लगायत स्थानिय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो ।
घरदैलो कार्यक्रम अन्तर्गत शुक्रबार गणेश चोक, लालपर्सा, मोहना हुदै लालपर्सा सम्म घरदैलो गर्दै सिसै गाउँ, लालपर्सा चोक, मोहना चोक र बाघमारा चोकमा कोणसभा हुने नगर समितिका उप सचिव सागर मिश्रले बताए ।

https://ujyaalonepalnews.com/archives/19457


