
सल्यान । सल्यानमा गए राती आएको हावाहुरीले विद्यालयको छाना उडाउँदा झन्डै ५ लाख बराबरको क्षति भएको छ ।
जिल्लाको दार्मा गाउँपालिका २ भुवनटाकुरीस्थित बालकल्याण माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो ।
दुई गोठे भवनको छाना हावाहुरीले उडाएको विद्यालयका प्रधानाध्यापक कवि कुमार चन्दले जानकारी दिनुभयो ।

हावाहुरीले विद्यालयको छानासँगै, सोलारपाता, ५ वटा कम्प्युटर, १ प्रिन्टरमा क्षति पुर्याएको उहाँले बताउनुभयो । कम्प्युटर ल्याब रहेको भवनको छाना उडाउँदा बढी क्षति भएको उहाँले जानकारी दिनुभयो
हावाहुरीले कम्प्युटरमा क्षति पुर्याएपछि नयाँ शैक्षिक सत्रमा कम्प्युटर शिक्षा पढाउन समस्या आउने उहाँले बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/19522


