इन्टरनेट सेवा बन्द हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घले इन्टरनेट सेवा बन्द हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

file photo

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएको बेरुजुका कारण यस्तो अवस्था सृजना भएको भन्दै क्यान महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै क्यान महासङ्घले सम्बन्धित निकायहरूलाई जिम्मेवार हुँदै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।

शुक्रवार मात्रै इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्थाबारे जानकारी गराएको थियो । नेपालमा इन्टरनेट सेवा बाहिरबाट ब्यान्डविथ किनेर सञ्चालन हुने गरेको छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायकले उक्त ब्यान्डविथ प्रयोगको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्छ ।

https://ujyaalonepalnews.com/archives/19596

Previous articleअसिना पानीबाट स्याउमा क्षति
Next articleकालिका वडा नं.८ र ९ मा एमालेको चुनावी भेला तथा घरदैलो कार्यक्रम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।