प्रतितोला रु ८०० ले घट्यो सुनको मूल्य

0
54
file photo

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९८ हजार २०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।          

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ । रासस

https://www.ujyaalonepalnews.com/archives/19620

Previous articleसुनको मूल्य तोलाको ९९ हजार
Next articleरत्ननगरले पहिलो महिला मेयर पाउँदैछ : दुवाडी