छुट्टाछुट्टै भएको दूर्घटनामा छ जनाको मृत्यु,

गोरखा- गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी हिजो साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो ।

बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उहाँको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उहाँले बताउनुभयो ।

यसैबीच मकवानपुरको मकवानपुरगढी १ घट्टेपाखास्थित रास्ट्रीय गौरवको आयोजना काठमाण्डौँ-तराई द्रुतमार्ग निर्माणस्थलमा माटो फाल्ने क्रममा लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ कामदारको मृत्यु भएको छ ।

दुर्घटनामा एक नेपाली नागरिक तथा दुई चिनियाँ नागरिक गरि तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेको हेटौंडा अस्पतालमा उपचार भैरहेको तथा मृतकको शरिर हेटौँडा अस्पताल लगिएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।-

https://ujyaalonepalnews.com/archives/19645

Previous article‘अहिलेको समस्या क्षणिक हो, चाँडै समाधान हुन्छ’
Next articleईदउल फित्र मनाइँदै, आज सार्वजनिक विदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।