रत्ननगरका कांग्रेस र माओवादी कार्यकर्ता एमाले प्रवेश

रत्ननगर, बैशाख २०- नेकपा ( माओवादी केन्द्र ) र नेपाली काँग्रेस परित्याग गरी रत्ननगरका ६ जना कार्यकर्ता नेकपा ( एमाले ) मा प्रवेश गरेका छन् । नेकपा ( एमाले) रत्ननगर ११ को घरदैलो कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेमा माओवादीबाट ४ जना र कांग्रेसबाट ६ जना रहेको निर्वाचन प्रचार प्रसार समितिका सह संयोजक प्रताप डल्लाकोटीले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेमा माओवादी रत्ननगरका चिरञ्जीवी पोख्रेल, मञ्जु अम्गाई, सञ्जु पुडासैनी, रमेश पोख्रेल र कांग्रेसबाट रेवती थापा सारु मगर र सरिता थापा मगर रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/19665

Previous articleतेह्र वर्षदेखि आयोजना अलपत्र पारेपछि…
Next articleदेश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।