
काठमाडौँ । साथीमार्टले पहिलो पटक १००औँ शाखा सुरु गरेको छ ।
ललितपुरको सानेपास्थित खरिबोटमा सञ्चालन गरिएको साथी मार्टको १०० औँ आउटलेटको मार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले मङ्गलवार उद्घाटन गर्नुभएको हो महानायक हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र विश्वसनीय कम्पनी भएकाले आफू जोडिएको बताउनुभयो ।
साथी मार्टको १०० औँ आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गतको मोडलमा सुरु गरिएको साथीमार्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलले बताउनुभयो ।
मार्टको आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वेयर, गिफ्ट लगायतका सामान उपलब्ध हुने प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिनुभयो ।
सानेपा आउटलेटमा घरैमा बसेर पनि सपिङ गर्न सकिने र कम्पनीको वेबसाइटमा वा एप मार्फत आफूलाई चाहिएको सामान नि:शुल्क डेलिभरी मगाउन सकिन्छ ।

साथीमार्टले आगामी आर्थिक वर्षमा आफ्नो व्यापार बिस्तार गर्न साथी पार्टनर्स कम्पनी समेत घोषणा गरेको छ । यो एक इन्भेस्टमेन्ट कम्पनी हो जसले नयाँ फ्रेन्चाइज पार्टनरहरुको लगानीमा आफ्नो केही प्रतिशत स्वामित्व राख्दछ र पार्टनसहरुलाई अझ प्रोत्साहन गर्दछ ।
साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरूको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको समेत पोखरेलले बताउनुभयो ।
तीन वर्षभित्र १० लाखभन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ । तीन वर्षअघि बौद्धमा पहिलो आउटलेट खोलेर साथीमार्टले चेन स्टोर सुरु गरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा करिब २ सय करोडको कारोबार गर्ने लक्ष्य राखेको कम्पनीले २०८०/८१ बाट हजार करोडको कारोबार गर्ने लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको कुल भ्यालुएसन एक अर्ब पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/19704


