Home Uncategorized रत्ननगर- २ मा कांग्रेसको घरदैलो तिब्र

रत्ननगर- २ मा कांग्रेसको घरदैलो तिब्र

चितवन, बैशाख २१ । आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।

नेपाली कांग्रेस रत्ननगर वडा नं. २ ले पनि घरदैलो कार्यक्रम गरेको छ । वडा नं. २ का वडा अध्यक्षका उम्मेदवार राजेन्द्र प्रसाद घिमिरे, सदस्यहरु संजीव पौडेल, नरेन्द्र श्रेष्ठ, रमा भट्टराई, राधा वि.क लगाएत कार्यकर्ताहरु मतदाताका घरघरका पुगी मत मागेका छन् ।

वडा नं. २ का उम्मेदवारहरु मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुगेका हुन् । जताततै चुनावी रौनक छाएको छ । मतदातालाई भेट्न उम्मेदवार खेत, बारी र धारामा पुग्ने गरेको देखिन्छ । विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताकहाँ उम्मेदवार पुग्न थालेको देखिन्छ ।

अहिले कांग्रेस सामाजिक सन्जालको भरपुर उपयोग गरेर चुनावी प्रचारमा लागेको छ । दलहरू प्रचारप्रसारमा नयाँ नयाँ शैली अपनाइराखेका छन् । उम्मेदवार घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरिरहेका छन् ।

 

https://ujyaalonepalnews.com/archives/19713

Previous articleकोभिडपछि ब्यूतेको अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव
Next articleऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।