माओवादीलाई भोट हाल्न परे हात काट्छु भन्ने श्रेष्ठले भने-‘रेणुलाई काँग्रेसले जिताउँछ’

कामठाडौं । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले यो पटक पनि महानगरको मेयरमा रेनु दाहाललाई जिताउने बताएका छन् । भरतपुरमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उने चितवनमा पाँच दलीय गठबन्धनले जित्ने दाबी गरेका हुन् ।

‘यो कास्टिङ मात्र हो। भरतपुरमा पाँच दलीय गठबन्धनले जित्छ,’ श्रेष्ठले भने। ‘कांग्रेस भरतपुरले रेनु दाहाललगायत सिंगो टिमलाई जिताउँछ,’ उनले भने।

श्रेष्ठले वागी उम्मेदवारलाई मनाउन खोजिए पनि नमानेको उल्लेख गरे। ‘जगन्नाथ पौडेलजीलाई अनुरोध गर्न चाहन्छु। गुनासाहरु हाम्रा पनि थिए। यो पार्टी हो पार्टी। पार्टीको कमान्डरले निर्देशन गर्योध। अब सेनापतिले दिएको निर्देशन मान्नेछ।’

भरतपुर महानगरमा रेनु दाहाललाई कांग्रेसलाई जिताउने उनको दाबी छ । यसभन्दा पहिले उनले माओवादीलाई भोट हाल्न परे हात काट्ने बताएका थिए ।

https://ujyaalonepalnews.com/archives/19761

Previous articleकूल गार्हस्थ्य उत्पादन : बागमतीको हिस्सा एक तिहाइ बढी हुने अनुमान
Next articleनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्व होः गृहमन्त्री खाण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।