उज्यालो नेपाल, वैशाख २२- रत्ननगर नगरपालिका वडा नं १६ मा आज नेकपा एमालेको उमेदवारहरुले जनतासंग भोट माग्न घरदैलो गरेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विकासका योजना सुनाउदै उमेदवारले घरदैलोमा पुगेर भोट मागेका हुन । मेयर पदका उम्मेदवार बिमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादव प्रसाद पाठक, वडाध्यक्ष पदका उमेदवार हेमराज थापा खुल्ला सदस्यका उमेदवारहरु विष्णुप्रसाद रिमाल र बुद्धि बहादुर बोगटी महिला सदस्यकी उमेदवार सरिता गुरुङ र दलीत महिला सदस्यकी उम्मेदवार रिता बि.क सहितका नेता तथा कार्यकर्ताहरुले सो वडामा घरदैलो गरेका हुन् ।


पिठुवाको दोबाटो बजारबाट सुरु भएको विशाल र्याली सहितको घरदैलो कार्यक्रम कालिकाको सिमानामा रहेको घट्ट चौरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
https://ujyaalonepalnews.com/archives/19777


