सुख्खा पहिरोले भोटखोला जाने सडक पाँच दिनदेखि अवरुद्ध

संखुवासभा- संखुवासभामा सुक्खा पहिरो जाँदा उत्तरी क्षेत्र भोटखोला सडक खण्ड अवरुद्ध भएको छ । मकालु गाउँपालिका-३ समाटारमा सुक्खा पहिरो जाँदा उत्तर-दक्षिण सडक खण्ड अन्तरगर्तको किमाथाङ्का-खाँदबारी सडक पाँच दिन देखि अवरुद्ध हो ।

सुख्खा पहिरोका कारण निर्वाचनका लागि भोटखोला कर्मचारी र यात्रुहरु अलपत्र परेका छन् । मकालु गाउँपालिका-३ सम्माटारमा सुख्खा पहिरो खसेपछि भोटखोला जाने सडक खण्ड अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले जानकारी दिनुभयो ।

इन्जिनियर रजकका अनुसार सुख्खा पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खण्ड खुलाउन समस्या भएको बताउनुभयो । सुख्खा पहिरोले भोटखोला तथा मकालु गाउँपालिका जाने नागरिकको आवतजावत र सामान ढुवानीमा भएको छ ।

सडक खुलाउन उत्तर दक्षिण सडक कार्यालयले स्काभेटर त्यस क्षेत्रमा पुर्‍याएको भएपनि पहिरो नरोकिएका कारण सडकको पहिरो हटाउन समस्या भएको इन्जिनियर रजकले बताउनुभयो ।

त्यस क्षेत्रमा अहिले पनि पहिरो झर्ने क्रम रोकिएको छैन । निर्वाचनको समय भएकोले नागरिकहरुको आवत जावतमा बृद्धि भएको छ । पहिरोका कारण यात्रुहरु अलपत्र परेका छन् ।-

https://ujyaalonepalnews.com/archives/19860

Previous articleनिर्वाचनमा टेलिकमको अफर
Next articleशैक्षिक व्यक्ति रानामगरको शालिक सिलान्यास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।