रत्ननगरमा बागी उमेदवारी दिने देवकोटालाई समाजवादीले गर्यो कारबाही

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ९ को वडाध्यक्षमा बागी उमेदवारी दिएका विष्णुहरि देवकोटालाई एकीकृत समाजवादी पार्टीले कारबाही गरेको छ ।

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीले एक विज्ञप्ती जारी गरी पार्टीको आधिकारिक उमेदवारको विरुद्धमा बागी उमेदवार दिने देबकोटा र उनको प्रस्ताबक र समर्थकलाई समेत कारबाही गरेको जनाएको छ ।

पार्टीको अन्तरिक विद्यान २०७८ को धारा ६४ (क) को ७ बमोजिम अनुसासनको कारबाही गरिएको सो पार्टीका कार्यालय सचिव प्रकास उपाध्याय पौडेलले जानकारी दिए ।

 

https://ujyaalonepalnews.com/archives/19900

Previous articleरत्ननगर ९ मा घपनबहादुरको कस्तो छ सम्भावना
Next article‘सिटीसी मल’ लिलामी गर्न कोषले निकाल्यो सूचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।