वडाध्यक्षका उम्मेदवारको मृत्यु

दाङ- तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारक्रममा चौधरीको मृत्यु भएको हो । लामो समय देखि कलेजोको बिरामी भएका उहाँको गएराति मृत्यु भएको एमाले तुलसीपुर अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

चुनाव प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उहाँलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । २०७४ को स्थानिय तह निर्वाचनमा चौधरी तुलसीपुर १७ को वडा सदस्य बिजयी हुनुभएको थियो । चौधरीको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले जानकारी दिनुभयो ।-

https://ujyaalonepalnews.com/archives/19920

Previous articleदुर्घटनामा परेर घाइते भएका दुवै जनाको मृत्यु
Next articleरत्ननगरमा आज एमालेको वृहत चुनावी र्‍याली हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।