रत्ननगरमा समाजवादीका उम्मेदवार नै एमाले प्रवेश

रत्ननगर । चितवनकोे रत्ननगरमा एकीकृत समाजवादीबाट वडा सदस्य पदमा उमेदवारी दिएका दुई जना एमालेमा समाहित भएका छन् ।

वडा नं १० को खुल्ला तर्फ वडा सदस्यमा उमेदवारी दिएका चन्द्रकान्त ओझा र माधवप्रसाद अधिकारीले उमेदवारी फिर्ता लिएको घोषण गर्दै एमालेमा फर्र्किएका हुन ।

समाजबादीका जिल्ला सदस्य तथा वडा नं २ का वडा इन्चार्ज समेत रहेका ओझाले पदका लागि माधवकुमार नेपालले पार्टी फुटाएको र समाजबादीमा रहेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नसकिने ठहर गर्दै पुरानो घर एमालेमा फर्किएको विज्ञप्ती मार्फत जनाएका छन्।

https://ujyaalonepalnews.com/archives/19950

Previous articleबजेट तर्जुमाको काम तीव्र गतिमा हुँदै
Next articleरत्ननगरमा गठबन्धनको लोभलाग्दो चुनावी घरदैलो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।