दुई दिन काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित हुने जनाएको छ ।

‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ । यही वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ ।-

https://ujyaalonepalnews.com/archives/19966

Previous articleनेपाल-इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६२औँ वार्षिकोत्सव
Next articleसुरु भयो मौन अवधि, के गर्न हुन्छ ? के गर्न हुँदैन ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।