काठमाडौँ । चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा नेपाल टेलिकमको कुल नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ ।
नेपाल टेलिकमले गत आर्थिक वर्षको ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजारको खुद नाफाको तुलनामा यस अवधिमा खुद नाफा घटेर ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ मात्र भएको नेपाल टेलिकमले प्रकाशित गरेको विवरणमा उल्लेख गरिएको छ ।
कोभिड–१९ को महामारी तथा ओटीटी को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तर आबद्धता सेवाको प्रयोगमा कमी हुनु, कोभिड महामारीको तेस्रो लहरले गर्दा कम्पनीको सेवा उपभोगमा कमी आई कार्य सञ्चालन आयमा कमी भएको र अन्तर आबद्धता शुल्क सम्बन्धी निर्देशिका अनुसार आन्तरिक अन्तर आबद्धता शुल्कमा कमी, समयमा उपकरणको उपलब्धता नहुनु लगायतका कारणले सञ्चालन आयमा कमी भएको नेपाल टेलिकमले जनाएको छ ।
कम्पनीको कुल सञ्चालन आय भने चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७६ करोड ८२ लाख ५९ हजार अर्थात् २.८ प्रतिशतले वृद्धि भई २८ अर्ब २१ करोड ९६ लाख १२ हजार पुगेको छ । गत आर्थिक वर्षको यसै अवधि सम्ममा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रहेको थियो ।
https://ujyaalonepalnews.com/archives/19986


